काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नयाँ धरातलमा उभिएर पार्टी एकतालाई अघि बढाउन आग्रह गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले पार्टी विधिसम्मत ढंगले चल्नुको विकल्प पनि नभएको बताएका हुन् ।
नेता खनालले अर्को राजनीतिक दल गठन गरेको भन्ने हास्यास्पद र निराधार तर्क गरिएको जवाफ पनि फर्काएका छन् । ओलीले उनीसहितका सांसदलाई नयाँ दल गठन गरेकोमा कारबाही किन नगर्ने ? भन्दै स्पष्टीकरण मागेका थिए ।
विज्ञापन
पत्र पढ्नोस्
फेसबुक प्रतिक्रियाहरु