कोरोना संक्रमणको जोखिम बढेसँगै वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द गर्ने निर्णय गरेको छ । वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द हुने वीरगञ्जमा महानगरपालिकाले निर्णय गरेको हो ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।
विज्ञापन
अर्को सूचना नभएसम्म १ देखि ५ सम्मको पठनपाठन अर्को सूचना नहुञ्जेलसम्म बन्द गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।
यस्तै कक्षा ८ को नगर स्तरीय परीक्षा वैशाख १२ गतेदेखि सञ्चालन गरेर २० गतेभित्र सम्पन्न हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
कक्षा ६, ७ र ९ को अन्तिम परीक्षा सामाजिक दूरी कायम गर्दै, साबुन–पानीले हात धुने व्यवस्था, सेनिटाइजर मास्कको सुनिश्चितता गरेर परीक्षा दिन लगाउन भनिएको छ ।
फेसबुक प्रतिक्रियाहरु