• होमपेज
  • प्रतिनिधि सभा विघटनविरुद्ध पर्वतमा अनेमसंघको विरोध र्‍याली
गण्डकी प्रदेश

प्रतिनिधि सभा विघटनविरुद्ध पर्वतमा अनेमसंघको विरोध र्‍याली

पर्वत ः नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ अनेमसंघले प्रतिनिधि सभा विघटन र महिला हत्या हिंसा र बलत्कारका बिरुद्धमा पर्वतको कुस्मामा बिरोध र्‍याली निकालेको छ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै अनेमसंघले विरोध र्‍याली निकालेको हो। प्रधानमन्त्री ओलीको उक्त कदम सच्चनुपर्ने र्‍यालीमा सहभागीहरुले माग गरेका छन्।

विज्ञापन

र्‍यालीपछि भएको विरोध सभामा बोल्दै अनेमसंघकि केन्द्रीय सदस्य मनरुपा शर्माले संसद विघटन गरेर प्रधानमन्त्रीले देशलाई बर्बादीमा पारेको बताइन्। देशमा बलात्कारका घटना दिन प्रतिदिन बढिरहेका बेला सरकारको मौनता अश्चर्यजनक भएको उनको भनाइ छ। भएको संसद भत्काएर नयाँ जनादेशको खोजी भन्दै प्रधानमन्त्रीले बेमौसमको बाजा बजाएको उनको आरोप छ । उनले सरकारले बलत्कारका घटनामा दोषि खोज्न नसकेको र हरेक ठाउँमा महिलाहरु असुरक्षित बन्दै गएको प्रति सरकार संबेदनाहिन हुँदै हिँडेको बताईन् ।

त्यस्तै नेकपा जिल्ला कमिटि सदस्य सुरक्षा लामिछानेले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आन्दोलन जारी राख्नुपर्ने बताइन्। ओली सरकारको पतन धेरै टाढा नभएकाले आन्दोलनको आँधिबेहरीबाट हटाउनु पर्ने उनको भनाइ छ। स्थानीय धनेश्वर चोकबाट शुरु भएको विरोध र्‍याली शिवालय चोकमा आएर कोण सभामा परिणत भएको थियो। ¥यालीमा गाउँ गाउँबाट महिलाहरु सहभागी भएका थिए । कार्यक्रमको संचालन नेकपा जिल्ला कमिटि सदस्य गंगा तिमिल्सीनाले गरेकी थिईन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook