• होमपेज
  • अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने
Breaking News

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरिएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था समान्य बन्दै गएकोले अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पतालका मेडिकल डाईरेक्टर डा. निजीमा ताम्राकारले जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब नगरेको डाइरेक्टर ताम्राकारको भनाइ छ ।

विज्ञापन

डा.ताम्राकारका अनुसार प्रमुख आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार गरिनेछ ।

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते हुनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै