• होमपेज
  • इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको जिल्ला अदालत बागलुङमा बयान सुरु
Breaking News

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको जिल्ला अदालत बागलुङमा बयान सुरु

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध लागेको सहकारी ठगी मुद्दामा जिल्ला अदालतमा बयान शुरु भएको छ । मुद्दा दर्ता भएको डेढ वर्षपछि अदालतमा उनको बयान भएको हो ।

२०८० को बैसाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरेपछि जेठ ४ गतेदेखि नेपाली फरार थिए । प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरेर ल्याएपछि सोमबार अदालतमा बयान थालिएको हो । बयान सकिएपछि थप कानूनी प्रक्रिया अगाडि बढ्ने अदालतका स्रेस्तेदार शिवहरि सुवेदीले बताए ।

विज्ञापन

नेपालीविरुद्द १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । नेपाली ढोरपाटन नगरपालिकाको प्रमुख समेत हुन् ।

यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरुलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गतेनै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै