• होमपेज
  • पर्वतमा डिजिटल पत्रकारिता र पत्रकार आचारसंहिता सम्बन्धी कार्यशाला गोष्ठी सुरु
Breaking News

पर्वतमा डिजिटल पत्रकारिता र पत्रकार आचारसंहिता सम्बन्धी कार्यशाला गोष्ठी सुरु

पर्वत : समाजवादी प्रेस सङ्गठन गण्डकी प्रदेश कमिटीको आयोजनामा पत्रकारहरूको लागि दुई दिने कार्यशाला शुक्रबारदेखि पर्वतमा शुरु भएको छ ।

सञ्चार क्षेत्र तथा सामाजिक सञ्जालहरूमा रहेका अवसर र चुनौती साथै पत्रकार आचारसंहिताको बारेमा ज्ञान लेनदेन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पर्वत सदरमुकाम कुश्मा बजारमा भएको कार्यक्रममा सहभागीहरूबिच पछिल्लो समय आर्थिक सङ्कटका कारण सञ्चार माध्यम र पत्रकारहरूले भोगिरहेका समस्या, पत्रकारितामाथि नै हाबी भइरहेका सामाजिक सञ्जाल, प्रभावकारी पत्रकारिताका लागि आचारसंहिताको पालना लगायतको बारेमा गोष्ठीमा छलफल हुनेछ ।

विज्ञापन

अभिमुखीकरणमा डिजिटल प्लेटफर्म, अनलाइन समाचारको प्रसार र प्रभावकारिता, सामाजिक सञ्जाल र यिनीहरूको प्रभाव, सामाजिक सञ्जालका चुनौतीहरू, फेक न्युज र गलत सूचनाको प्रसार, पत्रकारिताभित्रको गोपनीयता र नैतिकता, प्रेस स्वतन्त्रता लगायतका विषयमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथी पत्रकार ओम प्रसाद शर्मा घायलले टिप्पणी गर्नुभएको थियो ।

सहभागीहरूलाई न्यु मिडियाका अवसर र चुनौतीहरूसँग परिचित गराउने, पत्रकार आचारसंहिताको महत्त्व र पालनको आवश्यकताका बारेमा सचेत गराउने, पत्रकारहरूलाई डिजिटल प्रविधिको सही उपयोग गर्न सघाउने, सञ्चार माध्यमको पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समाजवादी प्रेस संगठन गण्डकीका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो।

गोष्ठीमा शनिबार पत्रकार आचारसंहिता सम्बन्धि विषयमा छलफल र समूहगत रुपमा छलफल पछि समापन हुने बताइएको छ । गोष्ठीमा ३० जना पत्रकार, सम्पादक, पत्रकारसँग सम्बद्द संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।

समाजवादी प्रेस सङ्गठन पर्वतका अध्यक्ष लक्ष्मण बि.सी.ले सहभागीहरूले प्राप्त गरेको ज्ञान र सीपले नेपाली सञ्चार जगतमा पारदर्शिता, विश्वसनीयता र व्यावसायिकताको स्तर अभिवृद्धि गर्न सघाउने विश्वास गरिएको बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook