• होमपेज
  • मोर्डन पेन्टाथलन खेलका प्रशिक्षकलाई युआइपिएम दोस्रो तहको प्रशिक्षण
खेलकुद

मोर्डन पेन्टाथलन खेलका प्रशिक्षकलाई युआइपिएम दोस्रो तहको प्रशिक्षण

मोर्डन पेन्टाथलन खेलका प्रशिक्षकका लागि पोखरामा युआइपिएम दोस्रो लेबलको प्रशिक्षण गोष्ठी सोमबारदेखि सुरु भएको छ। मोर्डन पेन्टाथलन संघ नेपालसँगै गण्डकी प्रदेशको संयुक्त आयोजनामा सुरु प्रशिक्षण पाँच दिनसम्म सञ्चालन हुनेछ।

मोर्डन पेन्टाथलन खेलमा रनिङ, सुटिङ, पौडी, फेन्सिङ र घोडचढी गरी पाँच खेल समावेश छन्। प्रशिक्षणमा पहिलो तहको प्रशिक्षण पूरा गरेका १० जिल्लाका गरी २२ जना प्रशिक्षक सहभागी रहेकाे संघ गण्डकीका अध्यक्ष कविता अर्यालले जानकारी दिइन्।

विज्ञापन

कार्यक्रममा रसियाबाट आएका संघका अन्तर्राष्ट्रिय प्रशिक्षक भेदिमले सहभागी प्रशिक्षकहरूलाई प्रशिक्षण दिनेछन्। प्रशिक्षणको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले नयाँ खेलाडी उत्पादन गर्न र खेल कौशलको विकास गर्न प्रशिक्षण सहयोगी हुने बताए।

आयोजक संघ नेपालका अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालमा सन २०१५ मा संघ स्थापना भएको जानकारी दिँदै यसअघि सन २०१८ मा पहिलो तहको प्रशिक्षण आयोजना गरेको र निकै प्रयासका बाबजुद हाल दोस्रो तहको प्रशिक्षण आयोजना गर्न सफल भएको बताएका थिए।

खेलको दास्रो चरणको प्रशिक्षण सञ्चालन गर्ने नेपाल दक्षिण एसियामा पहिलो देश भएको जानकारी दिए। खेलमा समावेश गरिएका पाँच खेलमध्ये घोडचढी खेल धेरै खर्चिलो भएकाले सन २०२४ को ओलम्पिकपछि हटाउने निर्णय भएको जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook