• होमपेज
  • सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर
Breaking News

सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर

काठमाडौँ —सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गरेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतको सम्बन्धमा गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर रिटमा माग बमोजिम आदेश भएको छ ।

विज्ञापन

रिट निवेदनमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, प्रदेश प्रमुखको कार्यालय, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाइएको छ ।

त्यस्तै, गैरकानुनी रुपमा मुख्यमन्त्री पदमा नियुक्ति भई सपथ ग्रहण गरेको र विश्वासको मत प्राप्त गरेको भनी घोषणा गरिएका भनेर खगराज अधिकारीलाई पनि विपक्षी बनाइएको छ । त्यस्तै, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि विपक्षी बनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook