• होमपेज
  • किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
अन्तर्राष्ट्रिय

किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाण्डौ – सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । अस्ति शुक्रवार भएको हिंसात्मक आक्रमणपछि पाकिस्तानमा रहेको नेपाली राजदूतावासले सूचना निकालेर किर्गिस्तानमा रहेका नेपालीलाई घरभित्रै बस्न आग्रह गरेको हो । दूतावासकाअनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् ।

‘बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा झन्डै दुई सय ८० जनाको सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली सकुशल रहेका र स्थिति सामान्य नहुञ्जेलसम्म निवास अर्थात् घरबाहिर ननिस्कन आग्रह छ,’ सूचनामा भनिएको छ ।

विज्ञापन

दूतावासले कुनै किसिमको समस्या परेमा स्थानीय नेपालीसँग वा इस्लामावादमा रहेको दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन पनि अनुरोध गरेको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत देशका विद्यार्थी रहेको छात्रावासमा आक्रमण भएपछि दूतावासले यस्तो आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार अहिले बिस्केकको अवस्था सामान्य नै छ । त्यहाँको परराष्ट्र मन्त्रालयले झुटा समाचार वा पोस्ट सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सबैमा आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook