• होमपेज
  • माधब नेपालको कार्यकर्तालाई निर्देशन : कि काम गर्नुस्, कि बाटो छोड्नुहोस्
Breaking News

माधब नेपालको कार्यकर्तालाई निर्देशन : कि काम गर्नुस्, कि बाटो छोड्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

विज्ञापन

पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन उनको आग्रह थियो । एकीकृत समाजवादी माओवादीमा विलय हुने प्रचार भएको भन्दै उनले मन मिल्ने पार्टीहरुका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताए ।

संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई उनले आग्रह गरे । आपसमा खुट्टा नतानी काम गर्न निर्देशन दिँदै उनले काम गर्न सके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि आग्रह गरे ।

“राम्रा मान्छेलाई अगाडि बढाउने कुरामा हामी कुनै समस्या खडा गर्दैनौँ । तपाईँहरुलाई म भन्न चाहन्छु, खुट्टा तान्ने होइन । यो अर्को पार्टीको मान्छेले काममा प्रभाव फैलाउन थाल्यो भनेर अन्तर्विरोध गराउने होइन । काम गर्नुस् । गर्नुहुन्न भने पन्छिनुस् । कि काम गर्नुस्, कि बाटो छोड्नुहोस् ।”

नर्सिङ पढाउने कलेज बन्द भएका कारण विद्यार्थीहरु पढ्न विदेश जानुपर्ने स्थिति आएको भन्दै उनले यस्तो स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड छ । उनले नेपालको शिक्षण संस्थालाई बढावा दिने नीति बनाउनुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook