• होमपेज
  • विप्लव संसद्‌ छिर्न खोज्दै छ भनेर दुष्प्रचार भयो, त्यो भ्रम कहिल्यै सफल हुँदैन : विप्लव
Breaking News

विप्लव संसद्‌ छिर्न खोज्दै छ भनेर दुष्प्रचार भयो, त्यो भ्रम कहिल्यै सफल हुँदैन : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसद् क्रान्तिको साधन मात्रै भएको बताएका छन् ।

समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्‌मा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताए । आफूलाई संसद्‌मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइए पनि त्यो कहिल्यै सफल नहुने उनले बताए ।

विज्ञापन

‘हाम्रो पार्टीबारे बजारमा हल्ला चलिरहेको छ, विप्लवले संसद्‌मा छिर्ने ठाउँ खोज्दै छ भनेर । त्यति हचुवा, तुच्छ कुरा नगर्नुहोस् । त्यो सबै भ्रम हो,’ उनले भने, ‘तपाईंको त्यो भ्रम कहिल्यै पनि सफल हुँदैन । भ्रम प्रचार गर्ने मान्छे पनि सफल हुँदैनन् । संसद् त क्रान्तिको साधन हुन सक्छ नि !’

उनले समाजवादी मोर्चा मिलेर गएमा मात्रै देशको स्वाधीनता रक्षा हुने दाबी गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook