• होमपेज
  • ओलीको अराजकताका कारण नयाँ दल बनाउनुपर्‍यो : माधव नेपाल
Breaking News

ओलीको अराजकताका कारण नयाँ दल बनाउनुपर्‍यो : माधव नेपाल

जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीको अराजक क्रियाकलापका कारण नयाँ दल बनाउनु परेको बताएका छन् ।

मंगलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको बहुमत जोगाउन सक्नु भएन ।

विज्ञापन

देशलाई दुर्घटनामा लैजान खोज्नुभयो अनि हामीले विद्रोह गर्नुपर्‍यो ।’यस्तै उनले पार्टीभित्र गुटबन्दी गरी अन्य नेताहरूलाई गुलाम बनाउन खोजेको पनि ओलीमाथि आरोप लगाए ।

‘पार्टीभित्र तीन /तीनवटा प्रधानमन्त्री थिए तर उनले उनीहरूको अनुभव, ज्ञान र सकारात्मक सोचको लाभ लिन सक्नु भएन । उल्टै खुराफात गरे,’ नेता नेपालले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook