• होमपेज
  • नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने

पर्वत। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने भएको छ । आगामी असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म पर्वतको कुश्मामा कराँतेको राष्ट्रिय प्रतियोगिता हुने भएको हो ।

जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर प्रतियोगिता जिल्लामा गर्न लागिएको कराँतेको प्रतिस्पर्धाको बारेमा जानकारी गराएको हो ।

विज्ञापन

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा सात प्रदेशका सात ओटा टोली, विभागीय अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तथा एनआरएनको एक टोली गरेर ११ टोलीका खेलाडीहरू पर्वतमा भिड्ने छन् ।

एउटा टोलीमा ३२ जना खेलाडीका दरले कुल तीन सय ५२ जना, एक टोलीमा दुई जना कोच र दुई जना व्यवस्थापक गरेर चार जनाका दरले कुल ४४ जना, देश तथा देश बाहिरबाट आउने निर्णायकहरू ७५ जना, व्यवस्थापनको लागि स्थानीयबाट लिइने २५ जना सहित प्रबिधिक र अन्य जनशक्ति सहित करिब छ सय जनाको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका पर्वतको प्रमुख बिष्णुराम बि.क, पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, शसस्त्र प्रहरी बल चण्डीका गण कुश्माका प्रमुख एसपी नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी मधुसुधन न्यौपाने, कराँते महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र अधिकारी, कुमार गुरुङ, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी , जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङ, पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी, कराँते पर्वतको संयोजक राम श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook