• होमपेज
  • कार्यपालिका निर्वाचन : जन प्रतिनिधि जोगाउनै धौ धौ
Breaking News

कार्यपालिका निर्वाचन : जन प्रतिनिधि जोगाउनै धौ धौ

पर्वत/नेकपा एमालेका जनप्रतिनिधिप्रति स्वयम् नेकपा एमालेले नै अविश्वास प्रकट गरेको छ । स्थानीय तहको मत परिणाम घोषणाको १५ दिनभित्र पालिकाको कार्यपालिकाको निर्वाचन गर्नुपर्ने बैधानिक प्रावधान छ । तर नेकपा एमाले पर्वतले कार्यपालिकाको उम्मेदवारको मनोनयन दर्तापछि कुश्मा नगरपालिका, फलेबास नगरपालिका, जलजला गाउँपालिका र बिहादी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिको मोबाइल कब्जामा लिएर नियन्त्रणमा लिएको छ ।
कुश्मा नगरपालिकामा प्रमुख, उपप्रमुखसहित नगरसभामा ७२ सदस्य रहेका छन् । तर नगरमा नेकपा एमालेका ३८ र कांग्रेस नेतृत्वको गठबन्धनको ३४ सदस्य निर्वाचित भएका छन् । कांग्रेसलाई बहुमतका लागि चार जना सदस्य अपुग रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुश्मा नगरपालिकामा यही १८ गते कार्यपालिकाको निर्वाचनको मिति तोकेको छ । मिति तोकेर उम्मेदवार दर्तापछि एमालेले आफ्ना पालिका सदस्यलाई नियन्त्रणमा लिएर घुमाउने बहानामा कब्जामा लिएको हो ।
एमालेले जलजला गाउँपालिकाका प्रतिनिधिलाई तातोपानीतीर लगेको स्रोतले जनाएको छ । त्यसैगरी कुश्मा, फलेबास र बिहादीका पालिका सभाका सदस्यलाई पोखरा लगेको बताइएको छ । एमालेले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षणको नाममा कार्यपालिका सदस्यको मनोनयन लगत्तै जबरजस्ती गाडीमा हालेर कब्जामा लिएको हो । एमालेले निर्वाचनको दिन गाडीबाट झार्ने र लाइन लगाएर मतदान प्रक्रियामा सहभागी गराउने तयारी गरको छ ।
कतिपय सदस्यले बाहिर सम्पर्क गरेर आफ्नै पार्टी एमालेले लोकतान्त्रिक मुल्यमान्यता बिपरित पालिका सभाका सदस्यलाई कब्जामा लिएर जबरजस्ती गरेको आरोप लगाएका छन् । पर्वतमा स्थानीय तहमा निर्वाचित मध्ये सात वटै पालिकामा पालिका सभामा नेकपा एमालेको बहुमत रहेको छ । कुश्मा, जलजला, फलेबास र बिहादी पालिकामा झिनो मतको फरक भएका कारण आफ्ना जनप्रतिनिधि दायाबाया हुने आशंकामा एमालेले जनप्रतिनिधिलाई कब्जामा लिएको हो । एमालेबाट निर्वाचित जनप्रतिनिधिसंग सम्पर्कै गर्ने प्रयास गरेपनि चार वटै पालिकाका पालिकासभाका सदस्य सम्पर्कमा आएका छैनन् । सारथि न्युजबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook