• होमपेज
  • विमान दुर्घटनामा धनुषाका एकै परिवारका ७ जनाको मृत्यु
Breaking News

विमान दुर्घटनामा धनुषाका एकै परिवारका ७ जनाको मृत्यु

तारा एयरको जहाज दुर्घटनामा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएको छ ।

आइतवार भएको जहाज दुर्घटनामा मिथिला नगरपालिका-११, लोटाका एकै परिवारका उनीहरूको मृत्यु भएको हो ।

विज्ञापन

मृत्यु हुनेमा राजनकुमार गोले र उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको मिथिला नगरपालिका प्रमुख महेन्द्र महतोले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

यो परिवार मुक्तिनाथ दर्शनका लागि जोमसोम जाँदै थियो ।
आइतवार पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको थियो । दिनभर विमानको अवस्था पत्ता लगाउन खोजीकार्य जारी राखिए पनि सोमवार मात्रै स्थान लोकेट भएको थियो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले घटनास्थलमा सुरक्षाकर्मी पुगेको जानकारी दिए । उनका अनुसार थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो ।

विमान दुक्राटुक्रा भएको अवस्थामा फेला परेको उनले बताए । यार्सागुम्बा टिप्न गएकाहरूले दुर्घटनाबारे जानकारी गराएपछि उद्धार टोली घटनास्थलमा पुग्न सफल भएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook