• होमपेज
  • यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा
Breaking News

यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सातवटै पालिकामा मतगणना शुरु गरिएको हो ।

पर्वतका जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा बिहानदेखि मतगणना शुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि दिउँसोदेखि शुरु भएको छ ।

विज्ञापन

पछिल्लो परिणाम अनुसार जलजला गाउँपालिकामा नेकपा एमालेको अग्रता रहेको छ । मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार लाल बहादुर अधिकारीले अध्यक्षमा ७ सय ८८ र गठबन्धनका उम्मेदवार राजु आचार्यले अध्यक्षमा २ सय ७८ मत प्राप्त गर्नुभएकोे निर्वाचन अधिकृत रुद्र प्रसाद अर्याालले जानकारी दिनुभयो ।

पैंयँु गाउँपालिको अध्यक्षमा एमालेका महेन्द्र श्रेष्ठले ७ सय ८५ मतका साथ अग्रता लिनुभएको छ भने निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरीले ७ सय ७४ प्राप्त गर्नुभएको छ ।

मोदी गाउँपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका हिरादेबी शर्माले १ सय ८० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका उम्मेदवार गुप्त बहादुर ठकुरीले ६९ मत प्राप्त गर्नुभएको छ ।

विहादी गाउँपालिमा गठबन्धनको अग्रता रहेको छ । प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसका प्रबिण गुरुङले २ सय ३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओम कुँवरले २ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै महाशिला गाउँपालिकामा पनि नेकपा एमालेले अग्रता लिएको छ । हालसम्मको मत परिणाम अनुसार नेकपा एमालेका ईश्वरी भुसालले ५ सय ३ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार अशोक उचै ठकुरीले २ सय ८० मत प्राप्त गर्नुभएको छ ।

सदरमुकाम रहेको कुश्मा नगरपालिकामा गठबन्धनका उम्मेदवार रामचन्द्र जोशीको अग्रता रहेकोछ । पछिल्लो परिणाम अनुसार जोशीले १ सय ८३ मत र एमालेका उम्मेदवार गणेश शर्मा पौडेलले ९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।

उता फलेवास नगरपालिकामा गठबन्धनका उम्मेदवार गंगाधर तिवारीले १ सय ६७ मतका साथ अग्रता हाँसिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदमपाणी शर्माले १ सय ४७ मत प्राप्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook