• होमपेज
  • यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था
गण्डकी प्रदेश

यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था

पर्वत । पर्वतको जलजला गाउँपालिकाका वडा नं. १ र २ मा नेकपा एमालेका उम्मेदवारले बिजय हाँसिल गरेका छन् । शनिबार बिहानदेखि जारी मतगणना परिणामा अनुसार जलजला १ मा नेकपा एमालेका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रकाश जिसी विजयी हुनुभएको हो ।

विज्ञापन

शनिबार साँझ सम्पन्न वडाको मतगणना अनुसार वडा अध्यक्षका उम्मेदवार जिसीले ६ सय ४५ र गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोविन्द खत्रीले ४ सय २ मत प्राप्त गर्नुभएको छ । यसैगरी महिला सदस्य जुना केसी,दलित महिला सदस्य शान्ति नेपाली, खुल्ला सदस्य कुलबहादुर विक र सुमन नेपालीलाई विजयी हुनुभएको छ ।

त्यसैगरी नेकपा एमाले पालिका अध्यक्षमा ७८८,उपाध्यक्षमा ७२५ र गठबन्धनले अध्यक्षमा २७८ र उपाध्यक्षमा २९१ मत प्राप्त गर्नुभएकोे निर्वाचन अधिकृत रुद्र प्रसाद अर्याालले जानकारी दिनुभयो ।

यसैगरि पर्वतको पैयुँ गाउँपालिकाको वडा नं. १ मा गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मिन प्रसाद न्यौपानेले ३ सइ ६४मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम रानाले ३ सय २० मत प्राप्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook