• होमपेज
  • बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने
Breaking News

बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।राष्ट्र बैंकले सोमवारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म हुने गरी तय गरेको छ । तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म हुने राष्ट्र बैंकले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook