• होमपेज
  • एमसीसीको विरोधमा उत्रिएका अनेरास्ववियूका ४२ नेताकार्यकर्ता पक्राउ
पत्रपत्रिका

एमसीसीको विरोधमा उत्रिएका अनेरास्ववियूका ४२ नेताकार्यकर्ता पक्राउ

काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका ४२ जना नेताकार्यकर्ताहरू पक्राउ परेका छन् ।

प्रहरीले बानेश्वमा प्रदशर्न गरिरहेका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष हिरेन्द्र शाही उपमहासचिवहरू महेश श्रेष्ठ, अशोक थापा, भुपेन्द्र शाह, मेघनाथ चापागाईं, मिलन राई तथा सचिवहरू उत्तर खड्का, मनिषा कार्की, संगिता रानामगरसहित ४२ जनालाई पक्राउ गरेको हो ।

विज्ञापन

उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ ।प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो भने लाठी चार्ज तथा लछारपछारसमेत गरेको थियो ।

बुधबार संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । तर, आज एमसीसी भने टेबल भएन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook