• होमपेज
  • इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?
अर्थ खबर

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

काठमाडौं : इमर्जिङ नेपालको आइपीओ बुधबार बाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत ५१ हजार ६७० जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये ५१ हजार ६६२ जनालाई १० कित्ता र ८ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कुल २३ लाख ३१ हजार २५८ जना लगानीकर्ताले आवेदन दिएकामा २३ लाख २८ हजार ७०६ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो ।

कम्पनीले माघ २६ गतेबाट फागुन १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको थियो । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका हुन् ।

विज्ञापन

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, इमर्जिङ नेपालको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook