• होमपेज
  • अमेरिकी राजदूतको प्रष्टीकरण : नेपाली नेताहरूलाई धम्क्याएका छैनौं
पत्रपत्रिका

अमेरिकी राजदूतको प्रष्टीकरण : नेपाली नेताहरूलाई धम्क्याएका छैनौं

काठमाडौँ : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले नेपालका नेताहरूलाई कुनै किसिमको धम्की नदिएको बताएका छन्। नेपाली नेताहरुलाई धम्की दिएको भने सूचना गलत भएको उनको भनाई छ ।

नेपालका कुटनीतिक मामिला पत्रकारहरुसँग सोमबार अमेरिकी राजदूत बेरीले अमेरिकाले नेपाली नेताहरूलाई धम्की दिएको कुरा असत्य भएको जिकिर गरे । एमसीसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय उनको विश्वास थियो ।

विज्ञापन

नेपालले वाचा पुरा गर्ने कार्यमा ढिलाइ गरेको कारण मात्रै चासो लिएको उनको भनाई छ । भने, ‘नेपालले वाचा पुरा गर्ने कार्यमा वर्षौंको ढिलाइ भएपछि हामीले मतदानका लागि उक्त सम्झौता संसदमा लैजान भनेका हौं। जुन संसदबाट नेपाली जनताका जनप्रतिनिधिले आफ्नो कुरा भन्न सकून् ।’

गत २७ माघ २०७८ मा डोनाल्ड लुले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै फोन गरेका थिए । लुले एमसिसी पारित नभए चीनको हस्तक्षेपका रूपमा लिने बताएका थिए ।

राजदूत बेरीले यही बिषयमा कुरा गर्न सोमबार नेपालका कुटनीतिक मामिला लेखिरहेका पत्रकारहरुलाई बोलाएका थिए । बेरीले अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो बताए । भने, ‘यो वर्ष नेपाल(अमेरिकाबिचको सम्बन्धको ७५औँ वर्ष हो। यी ७५ वर्षमा नेपालले धेरै ऐतिहासिक र अविश्वसनीय परिवर्तनहरू देखेको छ। यी परिवर्तनहरूमा अमेरिका सधैँ नेपालसँगै उभिएको छ र नेपाललाई विकास सहयोग, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता प्रदान गर्नुका साथै स्वास्थ्य, शिक्षा र अन्य कार्यक्रमहरूमा पनि सहयोग गर्दै आइरहेको छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook