• होमपेज
  • बुधबारदेखि राष्ट्र उत्थान लघुवित्तको ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला, कति कित्ताका लागि दिने आवेदन ?
अर्थ खबर

बुधबारदेखि राष्ट्र उत्थान लघुवित्तको ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले भोलि बुधबार (फागुन ४ गते) देखि ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले फागुन ८ गतेसम्म सो आइपीओमा आवेदन दिन सक्नेछन् भने सो मितिमा बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook