• होमपेज
  • आन्तिरक उडानमा टिकटको प्रिन्टेड वा डिजिटल कपी अनिवार्य देखाउनु पर्ने, टिकटको पीएनआर कोड देखाएर नहुने
अर्थ/वाणिज्य

आन्तिरक उडानमा टिकटको प्रिन्टेड वा डिजिटल कपी अनिवार्य देखाउनु पर्ने, टिकटको पीएनआर कोड देखाएर नहुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले टिकटको प्रिन्टेड वा डिजिटल कपी देखाउनु पर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले फागुन ७ गते शनिवारदेखि लागू हुने उक्त व्यवस्था जारी गरेको हो । यस अघि टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न पाउने व्यवस्था थियो ।

विज्ञापन

आन्तरिक उडानबाट यात्रा गर्ने कतिपय यात्रुहरुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकोले सुरक्षा संबेदनशीलतालाई मध्यनजर गरी उक्त व्यवस्था लागु गरेको हो ।

अब यात्रुले विमानस्थल प्रवेश गर्दा अनिवार्य रुपमा पूर्ण विवरण सहतिको टिकटको प्रिन्टेड वा डिजिटल कपी देखाउनु पर्ने भएको हो ।

साथै टिकटमा उल्लेख भएको रिपोर्टिङ्ग समयमा अनिवार्य रुपमा विमानस्थल प्रवेश गर्न पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook