• होमपेज
  • आयरल्यान्डसँग नेपाल १६ रनले पराजित
खेलकुद

आयरल्यान्डसँग नेपाल १६ रनले पराजित

काठमाडौं । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ । जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । आयरल्यान्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी माइकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ तथा सिमी सिंहले १ रन जोडे ।

विज्ञापन

नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले सर्वाधिक ४ विकेट लिए । यस्तै अविनाश बोहराले दुई तथा सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङ गर्ने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन बनाए । बलिङतर्फ आयरल्यान्डका लागि मार्क आदिर, सिमी सिंह, एन्डी माइकब्राइन र ब्यारी जनले दुई दुई विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook