• होमपेज
  • एमसीसीका विषयमा म अम्पायर मात्रै हो : सभामुख सापकोटा
Breaking News

एमसीसीका विषयमा म अम्पायर मात्रै हो : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विषयमा आफू निर्णायक नभई खेलको अम्पायरको जस्तो मात्रै भएको बताएका छन् ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमसीसीको विषयमा आफ्नो भूमिका अम्पाएर मात्रै भएको उनले बताए ।

विज्ञापन

उनले भने, ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन । आजको बैठक विशेष भएको छ । संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्नुहुनेछ ।’

सभामुख सापकोटाले संसद् अवरोधका विषयमा विभिन्न दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउनुपर्ने बताए । साथै, चाँडै यो समस्याको समाधान हुनेमा पनि उनले विश्वास व्यक्त गरे ।

‘राजनीतिक दलका नेताहरूले प्रतिपक्ष दललाई सहमतिमा ल्याउनु हुन्छ र शीर्ष नेताहरूले संसद् सुचारु गर्न लागि पहल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ सभामुख सापकोटाले सञ्चारकर्मीसँग भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook