• होमपेज
  • एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह
Breaking News

एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ ।

सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग छलफल गर्नुभएको हो । छलफलमा एमालेका महासचिव शंकर पोखरेल र कानुन मन्त्री दिलेन्द्र बडु पनि सहभागी हुनुहुन्थ्यो ।

विज्ञापन

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गर्न प्रतिपक्षी दल एमालेले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । जवाफमा ओलीले पहिले संसद् चल्ने वातावरण बनाएर सम्झौता संसदमा पेस गर्न आग्रह गर्दै त्यसपछि मात्रै एमालेले धारणा बनाउने बताउनुभएको थियो । एमसीसीको बारेमा सत्ता पक्षकै दलहरू विभाजित भएको विषयमा एमालेको धारणा माग्नु नै गलत हुने ओलीको भनाइ थियो ।

यस्तै माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई अहिले थाँती राखेर चुनावपछि मात्रै यसलाई अघि बढाउने गरी प्रस्ताव गर्नुपर्ने धारणा राख्नुभएको पोखरेलले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook