• होमपेज
  • नेप्सेको सीईओमा कृष्णबहादुर कार्की
अर्थ/वाणिज्य

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन्।

यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाउने निर्णय लिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ। समितिले कृष्ण बहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेश कुमार भण्डारीलाई सिफारिस गरेको हो।

विज्ञापन

समितिले यस अगाडी प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएका ११ जना मध्येबाट ५ जनालाई सर्ट लिस्टिङ गरेको थियो । सर्ट लिष्टिङमा परेका ५ जनाले कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा सिफारिस गरेको हो।

कार्की अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण हुन्। समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रवीण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीलाई कार्ययोजना प्रस्तुतिकरण गर्न लगाएको थियो।

छनोट समितिले ५ जनालाई हिजो २५ गते आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook