• होमपेज
  • इमानदार कम्युनिस्ट सबै एकिकृत समाजवादीमा गोलबद्द हुन्छन्-नेपाल
Breaking News

इमानदार कम्युनिस्ट सबै एकिकृत समाजवादीमा गोलबद्द हुन्छन्-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् ।

उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताएका हुन् ।

विज्ञापन

क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा (एमाले) परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उनको भनाइ थियो । अध्यक्ष नेपालले भने– ‘हामीसँग प्रतिगमनका विरुद्ध लडने गतिशिलता छ, नदीको प्रवाहलाई पछाडि धकेल्न कसैले सक्तैनन् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook