• होमपेज
  • निर्वाचनको नेतृत्व एमालेले नै गर्छ, माधव नेपाल फेरि एमालेमै फर्किनुहुन्छ – योगेश भट्टराई
Breaking News

निर्वाचनको नेतृत्व एमालेले नै गर्छ, माधव नेपाल फेरि एमालेमै फर्किनुहुन्छ – योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले अब हुने निर्वाचनको नेतृत्व पनि एमालेले नै गर्ने बताएका छन् । शुक्रबार पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सो कुरा बताएका हुन् ।

सरकारले चुनावको समयसम्म आफूलाई राख्न नसक्ने बताउदै नेता भट्टराईले फेरि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने बताए । उनले भने – ‘यो सरकारले चुनावको समयसम्म पनि आफूलाई राख्न सक्दैन । फेरि पनि एमालेको नेतृत्वमा सरकार बन्छ । सोही सरकारले चुनाव गराउँछ ।’

विज्ञापन

माधवकुमार नेपाल ढिलोचाँडो पुनः एमालेमै फर्किने बताउदै नेता भट्टराईले विभाजनमा लागेकाहरूको मनमा अहिले एमाले नै रहेको बताए । उनले विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किए जस्तै नेता नेपाल पनि एमालेमै फर्किने  बताए । उनले भने – ‘जहाँ पनि पार्टी विभाजन गर्नु हुन्न भन्ने साथीहरू हुनुहुन्छ । विभाजनमा लागेकाहरूको मनमा पनि एमाले नै छ ।’

आफुहरु नेपालसहितको एमाले बनाउन लागि परेको बताउदै उनले भने – ‘पार्टीभित्र केही विमति थियो । त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने हो । पार्टीभित्र छलफल नगरी माधव नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो, पार्टीभित्र विमति हुनेबित्तिकै विभाजन गर्ने होइन ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook