• होमपेज
  • नेकपा (एकिकृत समाजवादी पार्टी) निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा छन्त्याल
गण्डकी प्रदेश

नेकपा (एकिकृत समाजवादी पार्टी) निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा छन्त्याल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ, बागलुङ क्षेत्र नं १ को क्षेत्रीय अध्यक्षमा सीता छन्त्याल चुनिएकी छिन् । शनिबार सम्पन्न अखिल नेपाल महिला संघको भेलाले छन्त्यालको नृतृत्वमा ३५ सदस्यीय अखिल नेपाल महिला संघ क्षेत्र न. १ को क्षेत्रीय कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा पुष्पा शर्मा, सचिवमा नितु खड्का, सहसचिवमा तसलिमा खातुन, कोषाध्यक्षमा ममता थापा विसी चुनिएका छन् ।

विज्ञापन

भेलामा पूर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्मा, जिल्ला संयोजक लालबहादुर थापा, प्रदेश कमिटी सदस्य गोविन्दराज गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश कमिटि सदस्य सीता शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुनिता पूरी र स्वागत मन्तव्य सीता छन्त्यालले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook