• होमपेज
  • अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार
गण्डकी प्रदेश

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

पर्वत। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जलजला गाउँपालिका- ७ धाइरिङ सल्यानका युवा साजन परियार सामाजिक र विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनले समाजको विभिन्न पदमा रहेर विपद ब्यवस्थापन, युवा क्लवको नेतृत्व, विकासको काम, कोरोना भाईरसको नियन्त्रण लगायतमा सक्रिय रहेर काम गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook