• होमपेज
  • पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु
Breaking News

पहिरोका कारण पर्वतमा ११ जनाको मृत्यु, पहिरोले अवरुद्ध विद्युत सेवा र इन्टरसेवा ३ दिन पछि सुचारु

पर्वत । अविरल बर्षात पछिको पहिरो जाँदा पर्वत जिल्लामा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण अवरुद्ध विद्युत सेवा र इन्टरनेट सेवा जिल्लामा ३ पछि मात्र सुचारु भएको छ ।
पर्वतको विभिन्न स्थानमा गत शुक्रबार राती गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा गएको पहिरोमा परेर एकै परिवारका ५ जना सहित ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

विज्ञापन

पर्वतको दुर्लुङ्गमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उहाँकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेश पौडेलको पनि मृत्यु भएको छ ।

साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुश र मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेलको मृत्यु भएको हो ।

साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

पहिरोमा परि मृत्यु हुनेहरुको शनिवार पोष्ट मार्टम गरी सामूहिक अन्यष्टि गरिएको छ ।
यसै गरी पहिरोका कारण अवरुद्ध भएको विद्युत सेवा शनिवार राती देखि सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध विद्युत सेवा ३ दिन पछि सुचारु भएको हो । यसैगरी पहिरोकै कारण अवरुद्ध इन्टरनेट सेवा पनि शनिवार राती देखि सुचारु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook