• होमपेज
  • सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन पाइने
अर्थ खबर

सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन पाइने

सेयर बजार प्रभावित बनेपछि नेपाल राष्ट्र बैंकले सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने बताएको छ । आफ्नो वेभसाइटमा सूचना राख्दै बैंकले सेयर धितोमा राखेर १२ करोडभन्दा बढी ऋण लिन पाइने प्रष्ट पारेको हो । राष्ट्र बैंकले बारम्बार सोधिने प्रश्नहरु (एफ क्यू) शीर्षकमा यसको स्पष्टीकरण दिएको हो ।

सूचनाअनुसार अन्य बैंकको सेयर किन्ने प्रयोजन बाहेकका व्यवसायिक प्रयोजनका लागि सेयर धितो राखेर लिने ऋणमा १२ करोड रुपैयाँको सीमा लाग्दैन । यसअघि चालू वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लगानीकर्ताले सेयर धितोमा राखेर एउटा बैंकबाट ४ करोड र कुल १२ करोड रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको थियो ।
यही कारण देखाउँदै ठूला लगानीकर्ताहरूले करिब डेढ सातासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ सय अंकबाट घटेर २७ सयसम्म आइपुगेको थियो । यद्यपि, आज भने बजार बढेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook