• होमपेज
  • लुम्बिनी प्रदेशबाट एक सांसद मात्रै एकीकृत समाजवादीमा
Breaking News

लुम्बिनी प्रदेशबाट एक सांसद मात्रै एकीकृत समाजवादीमा

बुटवल- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावादीमा लुम्बिनी प्रदेशमा एक जना मात्रै प्रदेशसभा सदस्य खुलेकी छन् । पाल्पाकी रमा घर्तीले नेकपा एमाले विभाजन भएपछि दाङस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकिकृत समाजवादी दलमा सनाखत गरेकी हुन् ।

यसअघि माधव नेपाल पक्षमा खुलेका कपिलबस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले भने अहिलेसम्म दलमा खनाखत गरेका छैनन् । लुम्बिनीमा दोस्रो पुस्ताका रूपमा परिचित एमालेका उपाध्यक्ष युवाराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरू एमालेमै बसेपछि लुम्बिनी प्रदेशसभा सदस्य पन्थी पनि तथस्ट बसेका हुन् ।

विज्ञापन

पहिले पनि लुम्बिनीमा केपी शर्मा ओलीकै पकड थियो । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि दोस्रो पुस्ताका नेताहरू एमालेमै रहदा नेपाल कमजोर बनेका हुन् । लुम्बिनीमा एमालेका ३७ जना प्रदेशसभा सदस्य छन् ।

तत्तकालीन समयमा एमालेका ४१ जना सांसद रहे पनि राजनीतिक घटनाक्रममा कपिलबस्तुका दीर्घनारायण पाण्डे र दाङका अमरबहादुर डागीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै नेकपाबाट उपचुनावमा विजयी दाङकी विमला कुमारी वलीले अदालतले एमाले र माओवादी ब्यूताइदिएपछि माओवादी केन्द्र रोजेकी छन् ।

यस्तै सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाही स्वतन्त्र सांसदको रूपमा सरकारमा सहभागी छन् । वली र शाहीलाई एमालेले प्रदेश सांसदबाट निलम्बन गर्न माग गर्दै प्रदेशसभा चल्न दिएको छैन ।

तर, लुम्बिनी प्रदेशसभाले भने दुवैलाई कारबाही गर्न नपर्ने भन्दै जवाफ दिइसकेको छ । यस आधारमा एमालेका लुम्बिनीमा ३६ मात्रै सदस्य कायम छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook