• होमपेज
  • मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा
द्रुत खबर बिशेष

मोती पौडेलको संयोजकत्वमा नेकपा (एस) पर्वतको कमिटि घोषणा

नेकपा (एकीकृत समाजवादी) पार्टीको पर्वत जिल्ला संयोजकमा मोती पौडेल चयन भएका छन् । बुधबार कुस्मामा भएको भेलाले पौडेलको संयोजकत्वमा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो ।

१५ वर्षसम्म नेकपा एमाले पर्वतका सचिब भएर काम गरेका पौडेलको नेतृत्वमा एकिकृत समाजवादी घोषणा भएको हो ।

विज्ञापन

भेलामा बोल्दै नेकपा एस का केन्द्रीय सदस्य चुडामणी जंगलीले केपी ओलीको अहं र हठका कारण एमालेमा बिद्रोह गरि नयाँ पार्टी बनाउनुपरेको बताउनुभयो । उहाँले एमाले व्यक्तिबाट चल्न थालेकाले कम्यूनिष्ट बन्न नसक्ने बताउँदै क्रान्तिकारी एमालेहरु एकिकृत समाजवादीमा समाहित हुने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य बिजय गुरुङले एकल र व्यक्तिवादका विरुद्धको बिद्रोह भएकाले क्रान्तिकारीहरुलाई यही पार्टीमा गोलबद्ध हुन आव्हान गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook