• होमपेज
  • मन्त्री चयनका लागि सोमबार बिहान एकीकृत समाजवादीको बैठक
द्रुत खबर बिशेष

मन्त्री चयनका लागि सोमबार बिहान एकीकृत समाजवादीको बैठक

नेकपा एमालेबाट छुट्टिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ ।

मन्त्री छान्नका लागि नेपालले सोमबार बिहानका लागि बैठक बोलाएका हुन् । बैठक नेपालकै निवास वा पार्टी कार्यालयमध्ये एक ठाउँमा बस्ने बताइएको छ ।

विज्ञापन

नयाँ सरकार गठन भएको महिना दिनभन्दा लामो समय भइसक्दा पनि सरकार विस्तार हुन सकेको छैन । गठबन्धनका सहयात्री नेपाल नयाँ दल निर्माणमा लागेपछि प्रधानमन्त्रीले सरकार विस्तारका लागि उनलाई पर्खेका हुन् ।

आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको र छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

नेपाल पक्षबाट मन्त्रीका लागि वेदुराम भुसाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरीलगाउतको नाम चर्चामा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook