• होमपेज
  • नेकपा (एकीकृत समाजवादी)ले बनायो सदस्यता तथा लेबी मापदण्ड (नियमावलीसहित)
द्रुत खबर बिशेष

नेकपा (एकीकृत समाजवादी)ले बनायो सदस्यता तथा लेबी मापदण्ड (नियमावलीसहित)

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ।

नेता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ।

विज्ञापन

साथै, पार्टीको नियमावलीमा पार्टी सदस्यता वितरण, सदस्यको योग्यता, लेबी लगायत विषय उल्लेख छ। प्रस्तावित नियमावली निर्वाचन आयोगले पार्टी दर्ता गरी आधिकारिक प्रमाणपत्र दिएसँगै लागु हुने जनाइएको छ।

पार्टीमा आबद्ध साधारण सदस्यले वार्षिक १० रुपैयाँ तथा संगठित सदस्यले वार्षिक २० रुपैयाँ शुल्क तिनुपर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, हरेक सदस्यले चैतभित्र सदस्यता नवीकरण गर्नुपर्ने उल्लेख छ। नियमावलीमा महाधिवेशन प्रतिनिधि चयन महाधिवेशन तथा पदाधिकारी एवं विभाग गठनका व्यवस्थासमेत  गरिएको छ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook