• होमपेज
  • २१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगन
खेलकुद

२१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगन

भदौ दोस्रो सातादेखि फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगन गरिएको छ।

पछिल्लो समय फिलिपिन्समा कोरोना संक्रमण बढ्दै गएपछि त्यहाँको सरकारले गरेको लकडाउनका कारण फिलिपिन्स भलिबल फेडेरेसनले तत्कालललाई च्याम्पियनसिप रोकेको हो।

विज्ञापन

यसअघि च्याम्पियनसिप फिलिपिन्सका क्लार्क र सेविकमा अगस्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका थियो।

च्याम्पियनसिप स्थगन गरिएपछि एसियन भलिबल फेडेरेसन (एभीसी) ले फिलिपिन्स भलिबल फेडेरेसनलाई २४ देखि ३० अथवा ३१ अगस्टसम्म च्याम्पियनसिप आयोजना गर्न नयाँ मिति प्रस्ताव गरेको छ।

तर त्यो समयमा पनि अवस्था हेरेर मात्रै निर्णय गरिने फिलिपिन्स भलिबल फेडेरेसनले जनाएको छ।

च्याम्पियनसिपको तयारीका क्रममा नेपालले पनि खेल्ने तालिका तय गरिएको थियो। तर नेपाल कोरोनाको रेड जोनमा रहेको भन्दै फिलिपिन्सले नेपालबाहेकको खेल तालिका सर्वाजनिक गरेको थियो।

प्रतियोगितामा १७ राष्ट्र सहभागी हुने भनिए पनि ५ देशले नाम फिर्ता लिएपछि १२ टोलीे बाँकी रहेका थिए। तर पछि यीमध्ये पनि कोरोनाका कारण ८ टोलीको मात्रै खेल्ने टुंगो लागेको थियो।

च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडीलाई राख्दै प्रशिक्षण सुरु गरेको थियो। दोस्रो चरणमा १८ खेलाडी छनोट भइसकेपछि कोरोनाका कारण नेपाल सहभागिताबाट वञ्चित भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook