• होमपेज
  • कोरोना संक्रमण बढ्यो, बिरामीले फेरि भरिन थाले अस्पतालका बेड
Breaking News

कोरोना संक्रमण बढ्यो, बिरामीले फेरि भरिन थाले अस्पतालका बेड

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर बढेको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालका बेडहरू बिरामीले भरिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा पछिल्लो एक सातायता कोरोना संक्रमित भर्ना हुने संख्या क्रमशः बढिरहेको छ ।

नेपालमा आइतबार थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घन्टामा १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ हजार ६ सय ३६ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको कुल संख्या सात लाख ५९ हजार नाघेको छ । नौ हजार आठ सय ७५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाउन पुगेका छन् । तथ्यांकअनुसार नेपालमा कोभिडका कारण १ दशमलव ५ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

विज्ञापन

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीर अधिकारीका अनुसार २८ हजार ६३ जना सक्रिय संक्रमित घरमा छन् । त्यस्तै, तीन हजार दुई सय ३५ जना अस्पतालमा उपचाररत छन् । उनीहरूमध्ये आइसियूमा ६ सय ७७ जना र भेन्टिलेटरमा एक सय ६९ जना छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook