• होमपेज
  • ढल्दै लुम्बिनी सरकार, बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर
Breaking News

ढल्दै लुम्बिनी सरकार, बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर

लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नयाँ सरकार गठन आह्वान गर्दै मुख्यमन्त्री अमिक शेरचनलाई निवेदन बुझाएका छन् ।

उनीहरुले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसंग माग गरेका छन् ।

विज्ञापन

सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका प्रदेश प्रमुखलाई निवेदन बुझाएका हुन् ।

‘प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता मा.शंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा. धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराईयो ।’ विपक्षी दलले पेश गरेको निवेदनमा भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook