• होमपेज
  • यस्तो छ अहिलेसम्मको ओलम्पिक पदक तालिका…
खेलकुद

यस्तो छ अहिलेसम्मको ओलम्पिक पदक तालिका…

जापानमा जारी टोक्यो ओलम्पिक २०२० मा हालसम्म सयौं खेल सम्पन्न भइसकेका छन्।

नेपाली समयअनुसार बिहीबार दिउँसो १ बजेर १५ मिनेटसम्मको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकाले सबैभन्दा बढी ३७ वटा पदक जितेको छ।

विज्ञापन

तर स्वर्ण पदकको संख्यामा चीन अगाडि छ। चीनले हालसम्म १४ स्वर्ण पदक, ६ रजत पदक र ९ कास्यसहित २९ वटा पदक हात पारेको छ।

यस्तै अमेरिकाले हालसम्म १३ स्वर्ण, १४ रजत र १० कास्यसहित ३७ वटा पदक हात पारेको छ।

आयोजक जापान पदक तालिकाको तेस्रो स्थानमा छ। उसले १३ स्वर्ण ४ रजत र ५ कास्यसहित २२ पदक हात पारेको छ।

त्यस्तै रुस चौथो स्थानमा छ। तर रुसको नाम यसपटक यो ओलम्पिकमा उल्लेख गरिएको छैन।

डोपिङका कारण रुसलाई ओलम्पिकमा प्रतिबन्ध लगाइएको छ। त्यसकारण रुसका खेलाडीलाई आरओसी अर्थात् रसियन ओलम्पिक कमिटीको नामले सम्बोधन गरिएको छ।

उनीहरुले ७ स्वर्ण, ११ रजत र ७ कास्य जितेका छन्।

नेपालले भने यस ओलम्पिक प्रतियोगितामा कुनै पदक हात पार्न सकेको छैन।

नेपालका ५ खेलाडीले यस ओलम्पिकमा सहभागिता जनाएका थिए। जसमध्ये अब एथ्लेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ। उनले सय मिटर दौडमा भाग लिएकी छिन्।

No description available.

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook