• होमपेज
  • ३३ किलो सुन प्रकरणका अभियुक्त काठमाडौबाट पक्राउ
Breaking News

३३ किलो सुन प्रकरणका अभियुक्त काठमाडौबाट पक्राउ

काठमाडौ । ३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

विज्ञापन

उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।

‘हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।

उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने सिंहले बताए।

२०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो।

यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook