• होमपेज
  • माधव पक्षका सांसदको निष्कर्षः कार्यदलका सदस्यले ओलीको पक्षपोषण गरे
पत्रपत्रिका

माधव पक्षका सांसदको निष्कर्षः कार्यदलका सदस्यले ओलीको पक्षपोषण गरे

नेकपा एमालेका  सांसद मेटमणि चौधरीले कार्यदलमा प्रतिनिधित्व गर्ने माधव पक्षका नेताहरुले केपी ओलीको कुरा सुनेर माधव नेपाललाई घेर्ने काम गरेको बताएका छन्।

‘कार्यदलमा रहेका माधव नेपाल पक्षका सदस्यहरूले ओलीको कुरा सुन्ने र माधव नेपाललाई घेर्ने काम गरेका छन्’ चौधरीले भने।

विज्ञापन

जे काम गरे पनि माधव नेपाललाई नसोधि खुरुखुरु ओलीको निर्देशनमा गर्दै आएकाले कार्यदलले प्रस्तुत गरेको दश बुँदामा सहमति हुन नसक्ने माधव नेपालले बताएको  चौधरीले बताए।

चौधरी स्वयंले पनि कार्यदलले निकालेको प्रतिवेदनको अर्थ नभएको जनाएका छन्।
‘त्यसको के अर्थ छ र ?’ चौधरीले भने।

कार्यदलले एक साता लगाएर सहमतिको प्रतिवेदन निकालेको थियो, उक्त सहमति एमालेले कार्यान्वयनमा ल्याइसकेको छ।

तर, माधव पक्षका २२ जना सांसदले भने माधव नेपालका तर्फबाट कार्यदलमा जाने अनि ओलीको भाषा लेख्ने  कार्यदलको कुरा नमान्ने निर्णय भएको पनि सांसद चौधरीको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook