• होमपेज
  • ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षको रणनीति
Breaking News

ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षको रणनीति

नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ ।

नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकले यस्तो रणनीति अपनाउने निष्कर्ष निकालेको हो । संसदीय दलमा पनि बहुमत पुर्याउने तयारी भएको नेपाल समूहका सांसदहरुले बताएका छन् ।

विज्ञापन

अझै केही दिन हेर्ने र ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षका सांसदहरुको भनाइ छ ।

संसदीय दलमा हामीले बहुमत पुग्नेमा नेपाल समूह विश्वस्त देखिएको छ । त्यसपछि मात्रै सरकारमा जाने विषयमा निर्णय गरिने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारबारे छलफलका लागि राखेको बैठकमा नेता नेपाल सहभागी भइरहेका छन् । नेपालले सरकारमा सहभागिताबारे स्पष्ट धारण नदिएकाले देउवाले थप मन्त्री नियुक्त गर्न ढिलाइ गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook