• होमपेज
  • निर्मलाका दोषी चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन
Breaking News

निर्मलाका दोषी चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तका दोषी चाँडो पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।

निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र आईजीपी शैलेश थापा क्षत्रीलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन्। साथै उनले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न पनि निर्देशन दिएका छन्।

विज्ञापन

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ( साउन १० गते) ३ वर्ष पूरा भएको छ। १० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन्।

यस्तो जघन्य अपराध भएको ३ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। निर्मलाको हत्यापछि बनेका कयौँ अनुसन्धान समितिले घटनालाई निचोडमा पुर्‍याउन सकेका छैनन्।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook