• होमपेज
  • राजनीतिको केन्द्र भागमा माधब नेपाल, यसरी हुँदैछ सत्ता सहकार्य
Breaking News

राजनीतिको केन्द्र भागमा माधब नेपाल, यसरी हुँदैछ सत्ता सहकार्य

काठमाडौं । नेपालमा निष्ठाको भन्दा शक्तिको राजनीति हावी छ । आफूले गरेका वाचा र निर्वाचनमा जनतामाझ बाँडेको घोषणा पत्रमा उल्लेख भएका विषय कार्यान्वयन भन्दा आफू कसरी शक्तिशाली भइन्छ, पदको लाभ कसरी प्राप्त हुन्छ भन्ने विषयलाई नेताहरुले केन्द्र भागमा राख्ने गर्छन् ।

यसर्थ, अब एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीभन्दा शक्तिशाली हुने देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सशक्त भूमिका खेलेका नेता नेपाल सत्तारुढ दलहरुबीच हुने भागबण्डाका हिस्सेदार बनेका छन् ।

विज्ञापन

उनलाई गठबन्धनबाट नबाहिरिन दबाब सृजना गरिएको छ । प्रधानमन्त्री देउवाले पूर्ववर्ती सरकारले गरेका राजनीति नियुक्तहरु उल्ट्याउने तयारी गरेका छन् । ११ जना राजदूतको नियुक्ति गरेको देउवा सरकारले अब सातवटै मुख्यमन्त्री बर्खास्त गरेर नयाँ नियुक्तिको तयारी गरेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिइएको छ ।

सत्तादेखि राजनीतिक नियुक्तिमा नेता नेपाल पनि हिस्सेदारी बन्नेछन् । उनलाई माओवादी केन्द्रले पाउनेसरह दिने बताइएको छ । सात  प्रदेश प्रमुखमध्ये कांग्रेस, माओवादी र नेपाल समूहले दुई दुई जना र जसपाको उपेन्द्र यादव पक्षले एकजना पाउने गठबन्धनका नेताहरुबीच अनौपचारिक सहमति भएको छ । यस्तै राजदूतमा पनि नेपाल समूहले भाग पाउनेछ ।

अझै मन्त्रिपरिषद्मा पनि भाग पाउनेछन् । हालसम्म नेताहरुको भनाइअनुसार नेपाल समूहले ८ जना मन्त्री, २ जना मुख्यमन्त्री, २ जना प्रदेश प्रमुख, ४ जना राजदूतको भाग पाउनेछ । यी देखिने भागबण्डा हुन् । विभिन्न स्थानमा आफ्नो समूहका मान्छेहरुलाई सेटल गराउन सक्ने हैसियतमा नेता नेपाल रहेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका नेता नेपालको माग र समस्या सम्बोधन गर्न देउवा पनि राजी हुने नेताहरु बताउँछन् । गठबन्धनको बैठकमा पनि नेता नेपाललाई राजनीतिक सहजताका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

सत्तादेखि राजनीति नियुक्तिसम्मको भागबण्डाको हिस्सेदार बन्दै विभिन्न क्षेत्रमा आफ्नो मान्छेलाई सेटल गराउने स्थामा रहेकाले एमालेकै नेताहरुले नेपाललाई सघाउन सक्छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook