• होमपेज
  • संसदीय समिति बैठकमा माधव नेपाल सहभागी, सांसदहरूले गरे प्रशंसा
Breaking News

संसदीय समिति बैठकमा माधव नेपाल सहभागी, सांसदहरूले गरे प्रशंसा

नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

आइतबार संसद सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल सहभागी भएका हुन् । समितिको बैठकमा संसद जोगाउन नेता नेपालले खेलेको भूमिकाप्रति सांसदहरूले सम्मान ब्यक्त गरेका छन् ।

विज्ञापन

दोश्रो पटक संसद पुनःस्थापना भएपछि नेता नेपाल समितिको पहिलो बैठकमा सहभागी भएका हुन् । उनी निर्धारित समयमै बैठकमा सहभागी हुन सिंहदरबार आइपुगेका थिए ।

बैठकमा सांसद विपिन राजभण्डारीले संसद पुनःस्थापनामा नेता नेपाल सहित २२ सांसदले महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले संसदको बाँकी समय विधि प्रक्रिया अनुसार अघि बढाउन आग्रह गरे ।

यस्तै सांसद सुदन किराँतीले अघिल्लो सरकारले गरेको कुकर्मको खेद प्रस्ताव पारित गर्न आग्रह गरे ।

सांसद प्रकाशमान सिंहले समितिको बैठकले यसअघि गरेको निर्णय कार्यान्वयन भएको छ कि छैन हेर्न आग्रह गरे । साथै संसदको बाँकी समय संविधान नियम अनुसार अघि बढाउन आग्रह गरे ।

बैठकमा अघिल्लो सरकारले संसद विघटन गरेकोमा सांसदहरूले खेद ब्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook