• होमपेज
  • गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु नै दास हुनु हो : बरिष्ठ नेता नेपाल
Breaking News

गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु नै दास हुनु हो : बरिष्ठ नेता नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु नै दास हुनु बताउनुभएको छ । विहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताउनुभएको हो ।

त्यस्तै, उहाँले अरुको अपमान गर्नेहरुले समाजको पनि अपमान गर्ने बताउँदै भन्नुभयो, ‘त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’ यस अगाडि उहाँले भन्नुभयो, ‘कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’

विज्ञापन

यसैबीच नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको पनि बताउनुभएको छ । उक्त क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने आफूले चाहेको उहाँको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook