• होमपेज
  • पुष्पलाल स्मृती दिवसको अवसरमा युवा संघ पर्वतद्वारा बिरामीलाई फलफूल वितरण
गण्डकी प्रदेश

पुष्पलाल स्मृती दिवसको अवसरमा युवा संघ पर्वतद्वारा बिरामीलाई फलफूल वितरण

पर्वत/४३ औं पुष्पलाल स्मृती दिवसको अवसरमा युवा संघ पर्वतको आयोजनामा पर्वत अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका पूर्व जेष्ठ कम्यूनिष्ट मञ्चका केन्द्रीय सदस्य तोयनाथ चालिसेले पार्टीलाई एकतावद्ध बनाउन पुष्पलालले अनुसरण गर्नुभएको बिधी र पद्धतीलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कम्यूनिष्ट पार्टी टुटफूट र विभाजनमा नलागि एकिकृत रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

विज्ञापन

सो अवसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य मोती पौडेल, नेकपा एमाले पर्वतका अध्यक्ष भक्त कुँवर, पूर्व पार्टी उपसचिब उदय सुबेदी लगायतले बिरामीहरुलाई फलफूल वितरण साथै स्वास्थ्य लाभको कामना गरे ।

कार्यक्रममा बोल्दै युवा संघका केन्द्रीय सदस्य बिराज हमालले पुष्पलाललाई सही ढंगले संझन युवाहरु रचनात्मक र सकारात्मक काममा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरु राजनीतिमा सकारात्मक ढंगले आउन आग्रह गदै बाँदर बनेर होईन असर नेता बनेर समाजमा स्थापित हुन सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सल्लाहकार कृष्ण लम्साल, नेकपा एमाले पर्वतका सचिवालय सदस्य खुम प्रसाद सुबेदी, कार्यालय सचिब शिवलाल सार्की, कुस्मा नगरपालिका १० का वडा अध्यक्ष सुजन वि.क., पर्वत अस्पतालका प्रमुख डा. ढुंडिराज शर्मा, युवा संघका केन्द्रीय सदस्यहरु बिराज हमाल, सुवास नेपाली, साजन श्रेष्ठ, रमेश श्रेष्ठ, उदय भुसाल, देबेन्द्र मल्ल, मुक्तराज क्षेत्री, जिल्ला कमिटि सचिब पिताम्बर नेपाली, सदस्य नविन वि.क. लगायतका युवाहरुको उपस्थिती रहेको थियो । युवा संघका केन्द्रीय सदस्य बिराज हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उदय भुसालले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook