• होमपेज
  • सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्ने तयारीमा भीम रावल
Breaking News

सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्ने तयारीमा भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्ने तयारी गरेका छन् ।

पार्टीभित्रको चौतर्फी दबाबपछि रावल राजीनामा फिर्ता गर्न तयार भएको स्रोतले बताएको छ ।

विज्ञापन

एमाले विवाद समाधान कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजीनामाको घोषणा गरेका थिए ।

एमाले अध्यक्ष केपी ओली कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयनमा सकारात्मक नभएको र वरिष्ठ नेता नेपाल देउवालाई विश्वासको मत दिएरै छाड्ने अडानमा रहेपछि उनले राजीनामा घोषणा गरेका थिए ।

रावललाई राजीनामा फिर्ता गर्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैले आग्रह गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook